२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न भन्दै एमाले नेतृत्वलाई पुष्पगुच्छा उपहार



अ+ अ-

काठमाडाैँ। नेकपा (एमाले)का युवा/विद्यार्थीहरुले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न पार्टी नेतृत्वमाथि दबाब दिन सुरू गरेका छन् ।

शुक्रवार पार्टीको सचिवालय बैठकमा सहभागी हुन पुग्नुभएका पार्टीका नेताहरुलाई पार्टी मुख्यालय च्यासलमा उपहार स्वरुप पुष्पगुच्छा दिँदै उनीहरुले सो दबाब दिएका हुन् । पार्टी संसदीय दलको नेता चयनमा सांसद सुहाङ नेम्वाङलाई बनाउनुपर्छं भन्ने लविङ गर्दै आएका उनीहरूले अपेक्षाअनुसार परिणाम नआएपछि पार्टी नेतृत्वको आलोचना गर्न सुरू गरेका छन् ।

विशेष गरी अनेरास्ववियु आवद्ध विद्यार्थी नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अब पनि नभए एमालेमा देखिएको संकट झनै गहिरिँदै जाने भन्दै नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दवाव बढाएका हुन् । अहिले च्यासलमा प्रतिनिधि सभाको बिहीवारको बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले राख्नुभएका धारणाबारे छलफल गर्न बैठक जारी छ ।