१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

स्थानीय तह र संघीय मन्त्रालयबिच कर्मचारी व्यवस्थापनदेखि सेवा सुधारसम्मका विषयमा गहन छलफल

स्थानीय तह र संघीय मन्त्रालयबिच कर्मचारी व्यवस्थापनदेखि सेवा सुधारसम्मका विषयमा गहन छलफल
अ अ+ अ-

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहका गाउँपालिका तथा नगरपालिका महासंघबिच समसामयिक विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

मन्त्रालयमा आज सम्पन्न छलफलमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता, अनुदान कटौतीलगायतका विषयमा गहन छलफल गरिएको थियो। स्थानीय तहका प्रतिनिधिहरूले आफ्ना कार्यक्षेत्रमा भोग्नुपरेका वास्तविक समस्या प्रस्तुत गर्दै समाधानका उपायसमेत राखेका थिए।

छलफलका क्रममा नगरपालिकाका अध्यक्ष भीम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौतीबारे विस्तृत जानकारी दिँदै ती समस्याको समाधानका लागि संघीय सरकारको सक्रिय र प्रभावकारी भूमिका आवश्यक रहेको बताए।

त्यस्तै, गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका थिए।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई निश्चित अवधि, जस्तै दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति आवश्यक रहेको धारणा व्यक्त गरिन्।

छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। उनले नागरिकलाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नु सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै जनताको अपेक्षालाई स्थानीय सरकारमार्फत प्राथमिकतामा राखिने स्पष्ट पारिन्।

स्थानीय तहका पदाधिकारीहरूले कर्मचारी खटाएर सहजीकरण गरेकोमा मन्त्रालयप्रति धन्यवाद पनि व्यक्त गरेका थिए।