१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु सरकारको उच्च प्राथमिकतामा छः मन्त्री तिमिल्सिना

नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु सरकारको उच्च प्राथमिकतामा छः मन्त्री तिमिल्सिना
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले संस्थाहरूलाई बलियो, जवाफदेही र परिणाममुखी बनाउने दिशामा मन्त्रालय नयाँ ऊर्जा र गतिका साथ अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले बलियो संस्थागत संरचना बिना नागरिकले गुणस्तरीय सेवा पाउन नसक्ने उल्लेख गर्दै मन्त्रालयले संस्थागत सुधारलाई नयाँ ढङ्गले अघि बढाइरहेको बताउनुभयो । उहाँका अनुसार सरकारका निकायहरू सक्षम र उत्तरदायी बने मात्र सेवा प्रवाह प्रभावकारी बन्न सक्छ ।

मन्त्री तिमिल्सिनाले हालको राजनीतिक तथा प्रशासनिक संरचनामा देखिएका नकारात्मक प्रवृत्तिलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशले खोजिरहेको दिशा पहिचान गरी त्यसअनुसार रूपान्तरण आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले राजनीतिक मूल सुधारसँगै सबै संस्था र नागरिकले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

उहाँले जवाफदेहिता र अनुशासनमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै कमजोरी देखिए कारबाही हुने चेतावनी दिनुभयो । सेटिङ र अनियमिततामा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याउन सरकार सक्रिय रूपमा काम गरिरहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा मन्त्री तिमिल्सिनाले सरकारी खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै अनावश्यक खर्च नियन्त्रण, प्रभावकारी सूचना सम्प्रेषण र सुशासनबीचको सम्बन्धलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै आगामी पाँच वर्षभित्र युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यमा सबै नागरिकको समान जिम्मेवारी रहने उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक व्यवस्थामा सूचना नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा र दर्शक–श्रोताको चाहनालाई ध्यानमा राख्दै सार्वजनिक सेवा प्रसारणलाई अझ प्रभावकारी, विश्वसनीय र जनमुखी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

आफ्नो विद्यार्थी जीवन सम्झँदै उहाँले रेडियो नेपालले आफूलाई साहित्य लेखनतर्फ प्रेरित गरेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाहरू समाज निर्माणमा दीर्घकालीन प्रभाव पार्ने माध्यम भएको धारणा राख्नुभयो ।