१९ भाद्र २०८३, शुक्रबार
,
Latest
साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित



अ+ अ-

महेन्द्रनगर। सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् ।

सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिनुभएको थियो ।

शिविरमा आँखा, स्त्रीरोग, दन्तरोगलगायत विभिन्न रोगको परीक्षण गरिएको थियो । आँखासम्बन्धी समस्याका २९४ महिला र १९१ पुरुष, स्त्रीरोगसम्बन्धी उपचार सेवा ७२ जनाले लिएका थिए ।

निमित्त बाहिनीपति दिग्विजय सुवेदीले सीमा सुरक्षाका साथै शान्ति सुव्यवस्था कायम गर्ने दायित्वका साथ समाजसेवा गर्नु पनि आफूहरुको दायित्व भएकाले शिविर सञ्चालन गरिएको बताउनुभयो ।  रासस