१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित



अ+ अ-

महेन्द्रनगर। सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् ।

सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिनुभएको थियो ।

शिविरमा आँखा, स्त्रीरोग, दन्तरोगलगायत विभिन्न रोगको परीक्षण गरिएको थियो । आँखासम्बन्धी समस्याका २९४ महिला र १९१ पुरुष, स्त्रीरोगसम्बन्धी उपचार सेवा ७२ जनाले लिएका थिए ।

निमित्त बाहिनीपति दिग्विजय सुवेदीले सीमा सुरक्षाका साथै शान्ति सुव्यवस्था कायम गर्ने दायित्वका साथ समाजसेवा गर्नु पनि आफूहरुको दायित्व भएकाले शिविर सञ्चालन गरिएको बताउनुभयो ।  रासस