१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ ।

सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ । त्यस्तो गरिएको पाइए उपकरणसमेत जफथ हुने ब्यूरोले स्पष्ट पारेको छ ।

प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ बमोजिम फौजदारी कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तथा सो कसुरमा संलग्न व्यक्तिलाई कैद वा जरिवाना वा दुवै सजाय हुनका साथ सट्टेबाजीबाट आर्जन गरिएको रकम वा प्रयोग गरिएका उपकरणसमेत जफत हुने ब्यूरोेले प्रष्ट पारेको छ ।

बन्द गरिएका कुनै पनि सट्टेबाजी अनलाइन एप वा प्लेटफर्ममा कुनै पनि कारोबार नगर्न तथा नगराउन, कहीँकतै त्यस्तो गरेको पाइए जानकारी गराउन ब्यूरोले अनुरोध गरेको छ । रासस