२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

बादलको सम्बोधन विवादमा, एमालेले स्वामित्व नलिने !

बादलको सम्बोधन विवादमा, एमालेले स्वामित्व नलिने !
राम बहादुर थापा बादल
अ अ+ अ-

काठमाडौं: नेकपा एमालेको मूल नेतृत्वमाथि पछिल्ला दिनहरुमा पार्टी भित्र र बाहिरबाट व्यापक आलोचना भइरहेका छन् । यो आलोचनाको अवस्था निर्माणका लागि पार्टीकै शीर्ष नेताबाट मलजल र पृष्ठभूमि तयार पारिएको छ ।

फागुन २१ को आमनिर्वाचनबाट थिलथिलो र विक्षिप्त भएको पार्टीमा केही दिनअघि संसदीय दलको नेता चयनमा भएको गम्भीर लापरवाहीले त विवाद झनै बढाएको छ ।  पार्टीले वरिष्ट उपाध्यक्ष रामबहादुर थापा बादललाई एमाले संसदीय दलको नेता छान्यो, तर यो आलोचनाको घेरामा परेको थियो । यो निर्णयको विरोधमा केही युवा विद्यार्थीले त सडकमै प्रदर्शन समेत गरेका छन् ।

अझ, प्रतिस्पर्धाको चर्चामा रहेका इलामबाट निर्वाचित सांसद एवं युवानेता सुहाङ नेम्बाङलाई पार्टीका अध्यक्ष केपी ओलीकै निर्देशन बमोजिम प्रस्तावक र समर्थक समेत नपाइने अवस्था सिर्जना गरेर पाखा लगाइयो ।

यो निर्णय र अवस्थालाई लिएर पार्टीभित्र तिब्र ध्रुवीकरण, बहस, बिरोध र आलोचना भइरहेको छ । संसदीय दलका नेता चयन भएका बादलले यस मामिलालाई खासै गम्भीरतापूर्वक लिएनन् । दलको हैसियतमा उनी संसदको बैठकमा गए, र विवादास्पद भनाई राखेर बाहिरिए ।

संसदको पहिलो बैठकमै उनले गरेको सम्बोधन विवादको घेरामा परेको छ । खासगरी बादलले गत आमनिर्वाचनमा सेना, प्रहरी, कर्मचारी र अदृश्य शक्तिहरुको व्यापक साँठगाँठ रहेको भनेर सबैलाई चिढ्याए । यो अभिव्यक्ति आएलगत्तै पार्टीका नेताहरुले यसप्रति आपत्ति जनाएका छन् ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले माननीय राम बहादुर थापाको संसदमा राखेको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको र शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल गरी उचित निर्णय लिइने बताएका छन् ।

पार्टीका सचिव योगेश भट्टराईले पनि बादलको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । सांसद सुहाङ नेम्बाङलाई संसदीय दलको नेता बन्न नदिन अनेक तानाबाना बुनेर रोकिएको प्रति आक्रोशित समेत रहेका योगेशले भनेका छन्, नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन, त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ । संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।

अहिले पार्टीका पदाधिकारीहरुले नै बादलको अभिव्यक्तिको विरोध मात्र होइन, शुक्रबार आकस्मिक केन्द्रीय सचिवालय बैठक राखेर त्यसको विरोध गर्ने तयारी सुरु भएको छ ।

बादलको अभिव्यक्तिका बारेमा कसले के भने ?

विष्णु प्रसाद पौडेल (उपाध्यक्ष)
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा ९एमाले० को दल नेताको हैसियतले मा। रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा ९एमाले० को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।

योगेश भट्टराई
जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो । जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनस् जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो । यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ । संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।

अधिवक्ता टिकाराम भट्टराई (संसदमा एमालेका नेता बादलको प्रस्तुतिप्रति कटाक्ष गर्दै)

नेकपा एमाले पुरै प्रतिकृयात्मक, आबेगपूर्ण, राम्रोसँग भन्न सकिने तथ्यलाई पनि नराम्रोसँग प्रस्तुति, वर्ग पक्षधरता भुलेको, त्यो दलको बिरासत बोक्न नसक्ने ब्यक्तिले बोलेको जस्तो, एमालेको गौरबपूर्ण इतिहासलाइ गिज्याएजस्तो र सुहाङ्को बिद्रोहको पुष्टि हुने प्रकृतिको ।

के भनेका थिए बादलले ?

नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ती सफलतापुर्वक सम्पन्न भयो । फागनु २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र साहज्युलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहलाई एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो अभुतपूर्व विजयमा आन्तरिक रुपमा को कसको निर्णायक भुमिका रह्यो ?  तथ्यहरुले के स्पष्ट गर्दछन् भने मुख्यत: नेपाली सेना, व्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, वारवरा फाउण्डेशन एनजिओ आदि संस्था तथा पात्रहरुको यो विजयमा निर्णयक भुमिका रह्यो । त्यसैले ती संस्था तथा पात्रहरुलाई पनि एमालेको तर्फबाट बधाई भन्न चाहन्छु । यो जादुमय विजयको लागी वाह्य दृष्टिले क कसले निर्णयक भुमिका निवार्ह गरे रु असङ्ख्य तथ्यहरुले के स्पष्ट गर्छ भने अदृश्य शक्तिहरु टिओवी, एआई, एल्गोरिदम, गोयल्बसहरु जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघियता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराको रुपमा स्थापित गरे । जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए, ती संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमयी निर्णयक भुमिका खेले ।’

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको कमान पनि सम्हाल्ने जिम्मेदारी पाएका बादललाई यो अवसर निल्नु न ओकल्नु भएको छ ।