१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धिचाल टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ। दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई आज बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौँ साङ्घाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा रुपेश जैश्वाल, आशिष फुयाँल र कृतिशरा अधिकारी सहभागी हुनेछन् । व्यवस्थापकमा ताराबहादुर रानाभाट छन् ।

त्यसैगरी, अप्रिल ६ देखि ११ तारिखसम्म काजाकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ दी फिडे आइएससिएफ वल्र्ड स्कुल टोली प्रतियोगितामा पाँच खेलाडी सहभागी हुनेछन् । खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् ।

व्यवस्थापकमा निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् । दुवै टोली आइतबार आ–आफ्नो गन्तब्य प्रस्थान गर्ने छन् । रासस