३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता



फाइल फोटो
अ+ अ-

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्व युद्ध अन्त्यका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र बनाउन आह्वान गर्नुभएको छ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षले द्वन्द्वको द्रुत अन्त्य र द्वन्द्वको दीर्घकालीन समाधानका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् ।”

खाडी मुलुक इरानी ड्रोन आक्रमणसँग जुधिरहेको बेला युक्रेनले साउदी अरबसँग हवाई रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि यो आह्वान आएको हो ।

रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति पुटिनले बुधबार बताउनुभएको थियो ।

यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभएको थियो, “विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेको छ। यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको छ।”

“इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको छ”, उहाँले भन्नु्भयो, “देश र कम्पनीहरूले गति र लागतमा मात्र होइन, यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेका छन्।”  (रासस/एएफपी)