१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह हुँदै गर्दा एक्कासी प्रहरीले रोक्यो, विवाह नै भएन्



अ+ अ-

गाईघाट । प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । बालविवाह गर्न खोज्ने बेहुला तथा बेहुलीतर्फका अभिभावकलाई केही समय नियन्त्रणमा लिई केटीको उमेर २० वर्ष नाघेपछि मात्र विवाह गर्ने सर्तमा छोडिएको उनले बताए । कानुन अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ ।

बालविवाह उद्योग गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । बालविवाह गर्दै आएकालाई अभिभावकको जिम्मामा छाडिने गरेको भएपनि अबदेखि कारबाही गरिने प्रहरी प्रमुख बुढामगरले बताए । जनचेतनाको अभाव र मोबाइलमा बढेको विकृतिका कारण बालविवाह बढ्दै गएको उनको भनाइ छ ।