१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमूना विद्यालय स्थापना गरिने



सस्मित पोखरेल
अ+ अ-

काठमाडौँ। सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ ।

विश्व अटिजम सचेतना दिवस (अप्रिल २) का अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सम्बन्धित अन्य मन्त्रालयका मन्त्री, सचिव तथा सरोकारवाला निकायका प्रतिनिधिको बैठकले सातै प्रदेशमा एक–एक अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागको जानकारी दिनुभयो ।

शिक्षामन्त्री पोखरेलको अध्यक्षता र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा भएको कार्यक्रममा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।

सरकारले यस कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न मन्त्रालयबीच समन्वय गर्ने निर्णय गरेको छ । त्यसका लागि अवधारणापत्र तयार गर्न प्राविधिक समिति गठन गरिएको जनाइएको छ । रासस