१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न, केही समयपछि गणना हुने



अ+ अ-

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि बिहीवार भएको मतदान कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

महासङ्घको चैत १७ गतेदेखि शुरु भएको अधिवेशन अन्तर्गत बिहीवार दिउँसो ४ः१० बजे मतदान सकिएको हो। कुल ९ सय ६१ मतदाता रहेकोमा ९ सय ४२ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान कार्य सम्पन्न भएसँगै अहिले मतपेटिका सङ्कलन गरी मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।

यस पटकको निर्वाचनमा दुई प्यानलबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । वर्तमान नेतृत्वको प्यानलबाट एडि लामाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने परिवर्तनको उद्घोषसहित निकोलस पाण्डे पनि अध्यक्षको प्रतिष्पर्धामा हुनुहुन्छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि महासचिव रोशन दाहाल र एसोसिएट उपाध्यक्ष रामजी पन्त मुकेशबीच चुनावी प्रतिष्पर्धा भइरहेको छ ।

एसोसिएट उपाध्यक्ष पदमै एन सि शेर्पा र नरहरि थपलिया तथा महासचिव पदमा शिवहरि घिमिरे र बलिभद्र राना चुनावी मैदानमा हुनुहुन्छ ।

निर्वाचन प्रक्रिया अन्तर्गत लुम्बिनी र कर्णाली प्रदेशको उपाध्यक्ष पदमा भने बुधवार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का र कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित लुम्बिनी प्रदेश उपाध्यक्ष शहदेव खड्काले व्यवसायीहरूको हकहितका लागि आगामी कार्यसमितिले सशक्त भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

खड्काले निर्माण व्यवसायीहरूको हकहित, खरिद ऐनमा सुधार र रुग्ण आयोजनाहरूको व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनु भयो ।

उहाँले आफूलाई विश्वास गरेर सर्वसम्मत रूपमा निर्वाचित गराउने सम्पूर्ण मतदाता र प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै व्यवसायीहरूको विश्वासमा आँच आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपाध्यक्ष खड्काले वर्षौंदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूको समाधानका लागि महासंघको तर्फबाट सरकारलाई ठोस प्रश्ताव (प्रपोजल) बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले राज्य र व्यवसायी दुवैलाई फाइदा हुने गरी १०–१५ वर्ष पुराना आयोजनाहरूको निकास खोज्नुपर्नेमा जोड दिनुभयो । वर्तमान समयमा डिजेल, बिटुमिन, डन्डी र सिमेन्ट जस्ता निर्माण सामग्रीमा भएको चरम मूल्य वृद्धिले व्यवसायीहरू मारमा परेको उहाँले बताउनु भयो ।

देशभरका निर्माण व्यवसायीहरूको चासो रहेको यस निर्वाचनको अन्तिम नतिजा मतगणना सकिएलगत्तै सार्वजनिक गरिनेछ । –न्युज एजेन्सी नेपाल