२४ भाद्र २०८३, बुधबार
,
Latest
चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिकाले गर्यो नि:शुल्क स्वास्थ्य शिविर



अ+ अ-

बेझाड । पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान गरिएको छ । नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाका अनुसार बुधबार सम्पन्न सो शिविरमा ५०७ ले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गराएका ३४८ मध्ये १३१ मा पाठेघरसम्बन्धी सङ्क्रमण देखिएका छन् ।

उनीहरुलाई औषधि वितरण गरिएको छ । त्यस्तै पाठेघर खस्ने समस्या देखिएका ३१ मध्ये पाँचको शल्यक्रिया गर्नुपर्ने र २६ जनामा रिङ राख्नुपर्ने देखिएका छन् । क्यान्सरको जोखिममा रहेका एक जनालाई आवश्यक उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको छ । यसैगरी स्तन परीक्षण गरिएको दुई सयमध्ये नौ जनामा असामान्य अवस्था देखिएपछि थप उपचारका लागि सल्लाह दिइएको छ ।

मुखको जाँच गरिएको एक सय ७८ मध्ये आठको अवस्था उच्च जोखिममा रहेको र त्यसमध्ये दुई जनामा क्यान्सर हुन सक्ने सम्भावना देखिएका हुँदा दुबै जनालाई थप उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन सल्लाह दिएको संयोजक ढुङ्गानाले जानकारी दिए । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीसहितको टोलीले सेवा दिएको थियो ।