१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जनताले सरकारसँगै शासन संस्कारमा आमूल परिवर्तन खोजिरहेका छन् : अर्जुननरसिंह केसी

जनताले सरकारसँगै शासन संस्कारमा आमूल परिवर्तन खोजिरहेका छन् : अर्जुननरसिंह केसी
अर्जुन नरसिंह केसी
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जनताले सरकार परिवर्तनसँगै शासन सञ्चालनको संस्कृति र कार्यशैलीमा पनि आमूल परिवर्तनको अपेक्षा गरेको बताउनुभएको छ ।

विहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र संसदप्रति जनतामा ठूलो आशा, विश्वास र उत्सुकता रहेको उल्लेख गर्नुभयो । उहाँले ताजा जनादेशबाट गठित प्रतिनिधि सभालाई जनताले जिम्मेवारीपूर्वक हेरेको भन्दै जनअपेक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले मन्त्रीपरिषद्ले हालै सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्यसूची सकारात्मक रहेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनका लागि समय, समर्पण र निष्पक्षता अपरिहार्य हुने धारणा राख्नुभयो ।

संविधानको समावेशी, समानतामूलक र जनसर्वोच्चताको मर्मप्रति सबै राजनीतिक शक्ति प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै उहाँले विभाजन होइन एकता, उत्तेजना होइन चेतना र आवेग होइन विवेकका साथ राष्ट्रिय आवश्यकताहरू सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विगतमा पटक–पटक भएको प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता बढाएको उल्लेख गर्दै त्यसको असर शासन प्रणाली, प्रशासनिक संयन्त्र र समग्र राष्ट्रिय जीवनमा परेको टिप्पणी गर्नुभयो । संवैधानिक संस्थाहरूको निष्पक्षता, स्वायत्तता र पारदर्शितामा समेत चुनौती देखिएको भन्दै उहाँले यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संसदीय अभ्यासका कमजोरीका कारण नीति निर्माण, कानुन निर्माण र सरकारलाई जनउत्तरदायी बनाउने प्रक्रियामा असर परेको उल्लेख गर्दै अब विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

उहाँले राजनीतिक अस्थिरता र पुराना प्रवृत्तिबाट वाक्क भएका जनताले नयाँ सरकारसँग नयाँ संस्कार, नयाँ संस्कृति र नयाँ कार्यशैलीको अपेक्षा गरेको बताउँदै सोहीअनुसार काम गर्न सरकारलाई आग्रह गर्नुभयो । साथै, संसदभित्र सभ्य र मर्यादित भाषामा अभिव्यक्ति दिन पनि उहाँले सबैलाई आह्वान गर्नुभयो ।