१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

तनहुँमा आँखा परीक्षण शिविरमा ११० जनाको मोतियाविन्दुको शल्यक्रिया

तनहुँमा आँखा परीक्षण शिविरमा ११० जनाको मोतियाविन्दुको शल्यक्रिया
फाइल फोटो
अ अ+ अ-

काठमाडाैँ । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार ५०० जनाको निशुल्क आँचा परीक्षण गरिएको छ । उक्त शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको आँखाको शल्यक्रिया गरिएको हो । आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविरअन्तर्गत भानु नगरपालिका-१३, ९, १ र ३ मा आँखा शिविर सञ्चालन गरिएको थियो ।

आँखासम्बन्धी समस्या भएका सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको बुधबार शल्यक्रिया गरिएको नगरपालिका कार्यालयले जनाएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले राहत दिएको स्थानीय बताउँछन् । भानु-२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको उनले बताए ।

उनका अनुसार नेत्र विशेषज्ञ डा मारिया गौतमसहितको टोलीले आँखाको शल्यक्रिया गरेको हो । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गर्दै प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आइएको भट्टराईले जानकारी दिए । उनले भने, “आँखाजस्तो संवेदनशील अङ्गको उपचार समयमा हुन सकेन भने मानिसको जीवनमा प्रत्यक्ष तथा नकारात्मक असर पर्न सक्छ । आँखा समस्या आउनुका अन्य कारण पनि हुनसक्ने भएकाले शिविरमार्फ समस्या पहिचानको पहल गरिएको हो । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् ।”

आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमा शिविर सञ्चालन गरी शल्यक्रिया सेवा प्रदान गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ”, उनले भने, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”