• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

कृषकलाई बोका वितरण



इटहरी । इटहरी उपमहानगरपालिकाले बाख्रा पालक कृषकलाई लक्षित गरेर १४ वोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकालाल चौधरीले नेपालमै उन्नत मानिने वोयर जातका बोका वितरण गर्नुभएको हो ।

करीव रु १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको छ भने प्रति बोका रु ५० हजार उपमहानगरको अनुदान तथा थप रकम कृषकको लगानी रहेको उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । नगरप्रमुख चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताउनुभयो ।

उहाँले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताउनुभयो । वडा नं १७ का अध्यक्ष भगवान्लाल साहुले अब धान र गहँु खेती गरेर मात्र नहुने भएको कारण कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । इटहरी वोयर बाख्रापालन समूहका अध्यक्ष राजु बस्नेतले स्थानीय सरकारले कृषकलाई उन्नत जातका बोका वितरण गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।