१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी

राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी
अ अ+ अ-

काठमाडाैँ । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण बैठक सुरू भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

बिहान ११ बजेदेखि शुरु भएको बैठकमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूको सहभागिता छ । यस्तै, राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भुमिकालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण र विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा भइरहेको छ । अर्थमन्त्री डा. वाग्लेले राजश्व प्रशासनसँग सम्बन्धित विभिन्न महाशाखा तथा विभागका प्रमुखहरूलाई राजश्व संकलनमा देखिएका चुनौतीहरू समाधान गर्न र चुहावट रोक्न निर्देशन दिने कार्यक्रम रहेको छ ।