१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित

मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
अ अ+ अ-

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल, इरान, लेबनान र खाडी क्षेत्रसम्म फैलिएको द्वन्द्वले क्षेत्रीय सुरक्षामात्र नभइ, विश्व अर्थतन्त्रमा समेत गम्भीर दबाब सिर्जना गरेको छ । बिहीबार बिहान इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायली हवाई सुरक्षाले त्यसलाई रोक्ने प्रयास गरेको जनाइएको छ ।

केही प्रहारहरू मध्य इजरायलका क्षेत्रमा खसेका बताइएका छन्, जसका कारण कम्तीमा चार जना सामान्य घाइते भएका छन् । यसअघि पनि तेल अभिव नजिकै भएको आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएको इजरायली आपतकालीन सेवाले जनाएको थियो । उत्तरतर्फ, लेबनानस्थित हिजबुल्लाह समूहले उत्तरी इजरायलमा ड्रोन र रकेट आक्रमण गरेको दाबी गरेको छ ।

इजरायली सेनाले सीमावर्ती क्षेत्रमा साइरन बजाइएको पुष्टि गरेको छ, यद्यपि तत्काल ठूलो क्षति वा मानवीय हताहतको विवरण सार्वजनिक भएको छैन । लेबनान सीमामा तनाव बढ्दै जाँदा त्यहाँ छुट्टै मोर्चा सक्रिय बनेको सङ्केत देखिएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही अझ कडा बनाउने घोषणा गरेका छन् ।

उनले थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने बताउँदै इरानले सम्झौता नगरे ऊर्जा पूर्वाधारसमेत निशाना बनाउन सकिने चेतावनी दिएका छन् । यस्तो आक्रमण अन्तर्राष्ट्रिय कानूनविपरीत हुन सक्ने भन्दै आलोचना भइरहेको छ । युद्धको प्रभाव ऊर्जा बजारमा प्रत्यक्ष देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै सात प्रतिशतले बढेर प्रति ब्यारेल १०८.१५ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट पनि पाँच प्रतिशतभन्दा बढी वृद्धि भई १०५.६५ डलरमा पुगेको छ । होर्मुज जलडमरूमध्यको अनिश्चितताले विश्व बजारमा थप अस्थिरता निम्त्याएको विश्लेषण गरिएको छ ।

इरानले अमेरिकी मागहरूलाई ‘अधिकतम र तर्कहीन’ भन्दै अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार विभिन्न मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भए पनि अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारिएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्धले ‘अमेरिका फर्स्ट’ नीति वास्तवमै कसको हितमा रहेको हो भन्ने प्रश्न उठाउँदै अमेरिका र इजरायलमाथि युद्ध अपराधको आरोप लगाएका छन् । खाडी क्षेत्र पनि द्वन्द्वको चपेटामा परेको छ । संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोनका धम्कीहरूलाई जवाफ दिइरहेको जनाएको छ ।

युद्ध सुरु भएदेखि नै खाडी देशहरू इरानी प्रतिआक्रमणको जोखिममा रहेका छन्, जसले क्षेत्रीय स्थायित्वमा थप चुनौती थपेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले युद्धको स्पष्ट ‘अन्तिम विन्दु’ नदेखिएको टिप्पणी गरेका छन् । उनका अनुसार प्रारम्भिक उद्देश्यहरू पूरा भएको दाबी गरिए पनि अब के हासिल गर्न खोजिएको हो भन्ने अस्पष्ट छ । युद्ध लम्बिँदै जाँदा यसको असर विश्वव्यापी अर्थतन्त्रमा झन् गहिरिँदै जाने उहाँले चेतावनी दिनुभएको छ । यसै सन्दर्भमा विश्व बैंकले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा पर्ने प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीच सहकार्य बढाएर सङ्कट व्यवस्थापनका उपाय खोज्ने प्रयास भइरहेको जनाइएको छ । इरानको रिभोलुसनरी गार्ड्सले रणनीतिक होर्मुज जलडमरूमध्य ‘शत्रुहरूका लागि बन्द’ रहने अडान दोहोर्‍याएको छ । यही मार्ग पुनः सञ्चालन हुनु युद्धविरामका लागि अमेरिकी सर्तमध्ये एक भएको बताइएको छ ।