२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको वालिङमा अवैध नदिजन्य पदार्थ ओसारपसारमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिका–१ ओडारेस्थित आँधीखोला किनारबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले मिति २०८२/१२/१८ गते सो स्थानमा ढुङ्गा लोड गरिरहेको अवस्थामा ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको ट्याक्टरको नम्बर ग.१ त. ७१६८ रहेको छ।

प्रहरीका अनुसार नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन् गरी ओसार–पसार भइरहेको सूचनापछि गरिएको अनुगमनका क्रममा उक्त ट्याक्टर फेला परेको हो। नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ।