२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान



अ+ अ-

काठमाडाैँ । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुनःस्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गरेका छन्।

इस्लामिक गणतन्त्र दिवस र राष्ट्रिय प्रकृति दिवस मनाउन बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्वोदन गर्दै उहाँले यस्तो आह्वान गर्नु भएको हो । देशमा द्वन्द्व पछि निरन्तर समृद्धि सुनिश्चित गर्न सयुक्त प्रयासमा केन्द्रित हुनुपर्नेमा उजले जोड दिए ।

मिडियाका अनुसार स्वर्गीय अयातुल्ला अली खामेनीका सुपुत्र सर्वोच्च मोजताबा खमेनीले युद्वले यहाँका मानिसहरुमा मात्र प्रभाव नगरि धेरै क्षेत्रलाई लक्षित गरेको उल्लेख गर्नु भएको छ । उहाँले अमेरिकी आक्रमणको निन्दा गर्दै यस्तो समयमा राष्ट्र आन्तरिक विकासमा केन्द्रित रहनुपर्ने बताएका छन् ।

जनताको समर्थनलाई आत्मसाथ गर्दै उनले पछिल्लो समयमा राष्ट्रले स्थिरता र गरिमा को भावना कायम राखेको बताएको मिडियाले जनाएको छ । सम्बोधन फेब्रुअरी– २८ मा भएको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरू प्रति समर्पित गरिएको मिडियाले रिपोर्ट गरेका छन् । यसैबीच उनले मिनाबको विद्यालयमा भएको आक्रमणलाई विर्सिन नसकेको बताएका छन् । जसको परिणामस्वरूप १८६ जना विद्यार्थीको मृत्यु भएको थियो ।