१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कैलालीमा ‘एचआईभी सङ्क्रमित’लाई नियमित भएन पोषण सहयोग

कैलालीमा ‘एचआईभी सङ्क्रमित’लाई नियमित भएन पोषण सहयोग
फाइल फोटो
अ अ+ अ-

काठमाडाैँ । कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोगबापतप्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ ।

टीकापुरमा गत वर्ष ११५ जनाले पोषण सहयोग लिएका थिए । पोषण सहयोगका लागि गतवर्ष रु सात लाख ५० हजार बजेट थियो । यस वर्ष रु तीन लाखमात्रै बजेट विनियोजन भएकाले नपुग्ने हुँदा पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशिल नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले माग गरे।

‘‘एचआईभी सङ्क्रमित शारीरिक रुपमा कमजोर छन्, उनीहरु अन्यव्यक्ति जसरी काम गर्न सक्दैनन्’’, अध्यक्ष भण्डारीले भने, ‘‘पालिकाले दिने थोरै रकमले पनि उनीहरुलाई एक÷दुई महिना छाक टार्न सहयोग हुन्छ । नियमित रुपमा दिइरहेको यस्तो सहयोग घटाउन हुँदैन ।’’ विसं २०६४ मा स्थापना भएको नवजीवन एकता समाजले कैलालीमा एचआईभी सङ्क्रमितको अधिकार, रोग निदान, स्वास्थ्य उपचार र परामर्श जस्ता कार्यमा सघाउँदै आएको छ ।

समाजका अनुसार टीकापुरमा मात्रै १६५ जना एचआईभी सङ्क्रमित छन् । समाजले कैलाली जिल्लाभरिका १८ वर्ष मुनिका ७० जना बालबालिकालाई पोषण र शिक्षाका लागि मासिक रु एक अहजार ५०० उपलब्ध गराउने गरेको छ । ‘‘उनीहरुको शिक्षा आर्जनका लागि कापी किताब किन्न समस्या नहोस् भनी थोरै सहयोग गर्ने गरेका छौँ’’, अध्यक्ष भण्डारीले भने, ‘‘एकल महिलाका समस्या थुप्रै छन् । कमाउने श्रीमान बितेपछि, आफू पनि सङ्क्रमित हुँदाआर्थिक समस्या झेलिरहेका छन् ।’’

सङ्क्रमितको उपचारका लागि कैलालीमा चारवटा स्वास्थ्य संस्थामा एआरटी सेन्टर स्थापना छन् । सेती अस्पताल धनगढी, टीकापुर, अस्पताल, मालाखेती अस्पताल, लम्कीचुहा अस्पतालमा एआरटी सेवा सञ्चालनमा छ । टीकापुर अस्पतालबाट करिब ६०० जनाले एआरटी सेवा लिने गरेका छन् । एक पालिकाको मानिस अझैँ समाजमा सम्मानजनक व्यवहार नभएकाले अर्को पालिक वा टाढाको स्वास्थ्य संस्थाबाट एआरटी तथा उपचार सेवालिइरहेका छन् ।

विगतमा टीकापुर अस्पतालमा उपचार सेवा लिन आउने टाढाका सङ्क्रमित बिरामीलाई नवजीवन एकता समाजमा गाँस, बाँसको व्यवस्थासमेत गरिएको थियो । बर्दगोरियाबाट टीकापुर अस्पतालमा सेवा लिन आएकी एक महिलाले , ‘‘अस्पतालमा रगत परीक्षण लगायतका सेवा लिँदा कहिलेकाहीँ एक÷दुई दिन बस्नुपर्ने हुन्छ, पहिले पहिले यही संस्थामा खान र बस्न पाइन्थ्यो’’, उनले भने, ‘‘अहिले आर्थिक समस्याले राख्न सकिँदैन भन्छन्, अब होटलमा बसेर कसरी उपचार गर्नु ? नजिकका अस्पतालमा उपचार गरे सबैले चिन्छन्, समाजमा सङ्क्रमित भनेपछि दुव्र्यवहार गर्छन् ।’’

टीकापुर अस्पतालमा मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दयोरिया गाउँपालिका, लम्कीचुहा, भजनी नगरपालिका, जोशीपुर, जानकीसहित बर्दियाको गेरुवा गाउँपालिकाका बिरामी उपचार सेवा लिनआउने गरेका छन् । टीकापुरले कार्यविधि नै बनाएर विगत केही वर्षदेखि सघाउँदै आएको हो । चालु आर्थिक वर्षमा पालिकामा आर्थिक स्रोत कम भएकाले बजेट घटेको, आगामी वर्ष बजेट व्यवस्था गर्ने नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले बताए ।