१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद, साना बचतकर्तालाई रकम फिर्ताको लक्ष्य अघि सारियो

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद, साना बचतकर्तालाई रकम फिर्ताको लक्ष्य अघि सारियो
अ अ+ अ-

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष संवाद सुरु गरेकी छन् ।

सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्य अघि सारेको सन्दर्भमा मन्त्री रावलले पीडितहरूसँग छलफल थालेकी हुन्। आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीबाट प्रभावित बचतकर्ताहरू भेला भई आफ्ना समस्या र गुनासा प्रत्यक्ष रूपमा प्रस्तुत गरेका छन्।

लामो समयदेखि बचत फिर्ता नपाउँदा आर्थिक तथा मानसिक रूपमा प्रभावित सर्वसाधारणले आफ्नो वास्तविक अवस्था सुनाउने अवसर पाएका छन्। छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितहरूको समस्या समाधानलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेकी छन्।

“पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” मन्त्री रावलले भनिन्।

उनले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारले चरणबद्ध रूपमा काम अघि बढाइरहेको र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित रहेको बताइन्।

मन्त्रालयले सुरु गरेको यस प्रकारको प्रत्यक्ष संवादले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।