१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहामा आर्थिक गणना वैशाख २ देखि हुने



अ+ अ-

काठमाडौं । सिरहामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ । जिल्ला तथ्याङ्क कार्यालयले बुधबार आयोजना गरेको जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत गणनाको तयारी र कार्यतालिकाबारे जानकारी दिएको हो ।

प्रमुख तथ्याङ्क अधिकृत विमल यादवका अनुसार यो गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ । आर्थिक विकासको वस्तुगत अवस्था चित्रण गर्ने उद्देश्यले देशभरि नै सञ्चालन हुन लागेको यो कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ, प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण सङ्कलन गरिनेछ ।

गणनाका क्रममा ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाइ, फोहर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका प्रमुख आर्थिक क्रियाकलापलाई समेटिने अधिकृत यादवले जानकारी दिनुभयो । जिल्लाभर ६० जना गणक परिचाल गरिने जनाइएको छ ।