२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध ढुंगा उत्खनन् गर्दै गरेको ट्याक्टर स्याङ्जामा प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ। स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाका आधारमा वालिङ नगरपालिका–१ ओडारेस्थित आँधीखोला किनारबाट ढुंगा लोड गरिरहेको अवस्थामा ग.१ त. ७१६८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाइएको जनाएको छ।