५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका सांसदसँग प्रधानमन्त्री शाहको छलफल, विकासका प्राथमिकता विषयमा सुझाव सङ्कलन



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसंग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो ।

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भयोे ।”

प्रधानमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसक्नुभएको छ ।