१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

१४औँ महाधिवेशनको कार्यसमितिलाई मान्यता दिएपछि मात्रै महाधिवेशनमा जाने संस्थापनइतरको अडान

१४औँ महाधिवेशनको कार्यसमितिलाई मान्यता दिएपछि मात्रै महाधिवेशनमा जाने संस्थापनइतरको अडान
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद अझै साम्य हुन नसकिरहेका बेला संस्थापनइतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएपछि मात्र आफूहरू नियमित महाधिवेशनमा जाने अडान दोहोर्‍याएका छन्।

बुधबार आयोजित संस्थापनइतर पक्षीय नेताहरूको भेलामा सहभागी नेताहरू गुरु बराल, डा. रणबहादुर रावल लगायतले विधि र विधानअनुसार निर्वाचित १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई मान्यता दिनुपर्नेमा जोड दिएका हुन्। उनीहरूले पार्टीको वैधानिकताको विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसला आएपछि १५औँ महाधिवेशनको तयारीमा जुट्ने र त्यसमा सबै समूह सहभागी हुनुपर्ने धारणा राखेका छन्।

नेता बरालले पार्टीलाई छिटो सुदृढ बनाएर जनतामाझ लैजान आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई विधिवत् स्वीकार गरेर अघि बढ्नुपर्ने बताए। उनले सबै नेता–कार्यकर्तालाई व्यक्तिगत आग्रह र पूर्वाग्रह त्यागेर आगामी महाधिवेशनमा एकजुट हुन आह्वान गरे।

त्यस्तै, नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापा समूहले विशेष भेला मार्फत गठन गरेको केन्द्रीय कार्यसमिति वैधानिक नभएको दाबी गरे। उनले सो समितिलाई सर्वोच्च अदालतको निर्णय नआएसम्म मान्यता नदिने स्पष्ट पार्दै १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वकै आधारमा १५औँ महाधिवेशनको तयारी गर्नुपर्ने धारणा राखे।

रावलले नेपाली काँग्रेस विधि, मूल्य र मान्यतामा आधारित पार्टी भएकाले प्रक्रियाविपरीत गठन गरिएका संरचनालाई स्वीकार गर्न नसकिने बताए। उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति स्वतः खारेज नहुने भन्दै विशेष महाधिवेशनबाट बनेको समितिलाई अस्वीकार गर्ने अडान दोहोर्‍याए।

यता, संस्थापन पक्ष भने नियमित महाधिवेशनको तयारीमा अघि बढिसकेको बताइएको छ।