५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिनुभयो। उहाँका अनुसार बिहीबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव पेश गरिनेछ।

उनले नयाँ संसद नियमावली नबन्दासम्म हालकै नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने तथा पहिलो बैठकबाटै नयाँ नियमावली प्रतिस्थापन प्रक्रिया अघि बढाउने सहमति भएको बताए। साथै, पहिलो बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया सुरु गर्ने र शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने कार्यसूचीमा पनि सहमति जुटेको उनको भनाइ छ।

बुर्लाकोटीले पहिलो बैठकमा ‘जेन–जी आन्दोलन’का शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यसूची पनि समावेश गरिएको जानकारी दिए।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओलीले संसद नियमावली संशोधनका विषयमा सबै दल सकारात्मक रहेको बताए। उनले कार्यव्यवस्था परामर्श समितिमा सबै दलको समान सहभागिता हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरे।

उनले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समन्वय र सहकार्यसहित प्रभावकारी भूमिका निर्वाह गर्ने पनि बताए।




भर्खरै