१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
अ अ+ अ-

काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हेटाैँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना४४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना६ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत हेटौँडा उपमहानगरपालिका–९ निवासी १९ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते वैद्यलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोगटीले बताउनुभयो । सोही दुर्घटनामा परी प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँटा उपमहानगरपालिका–४ कर्राका १९ वर्षीय रोनिक कार्की र ना४४प ९३५४ नम्बरको मोटरसाइक चालक चितवनको इच्छाकामना गाउँपालिका–५ बदेलटारका २१ वर्षीय पुष्पालाल गुरुङ घाइते भएको छन् ।

उनीहरू दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताए । दुवै मोटरसाइकल र ट्रक तथा ट्रकचालक बाँकेको कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।