१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

तनहुँमा जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै

तनहुँमा जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै
अ अ+ अ-

काठमाडाैँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)का प्रभावित स्थानीयको घरधुरीको सर्वेक्षण गर्न थालिएको छ ।

आयोजनाको मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी, जग्गाधनी तथा घरपरिवारमा पर्न सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पहिचान गर्ने उद्देश्यले घरधुरी सर्वेक्षण सुरु गरिएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीले सामाजिक-आर्थिक सर्वेक्षण अन्तिम चरणमा पुगेको जनाउँदै सामाजिक प्रभाव मूल्याङ्कन, पुनस्र्थापना तथा आदिवासी जनजाति योजना अध्यावधिक प्रभावकारी रूपमा गर्नका लागि यो सर्वेक्षण गरिएको बताए।

आयोजना प्रमुख भण्डारीका अनुसार वाङटाङीटार, पल्ट्याङ र जलविरे क्षेत्रका लक्षित दुई सय ६३ घरधुरीमध्ये एक सय ८६ परिवारको सर्वेक्षण गरिएको छ । उनले भने, “हामीले प्रभावित परिवारको सामाजिक-आर्थिक अवस्थाको वस्तुनिष्ठ विवरण सङ्कलन गरिरहेका छौँ । विशेषगरी जलाशय क्षेत्रका ऐलानी जग्गा भोगकर्ताको सर्वेक्षण आगामी महिनाभित्रै सम्पन्न गर्नेगरी तयारी थालेका छौँ ।”

आयोजना प्रमुख श्यामजी भण्डारीले जग्गाधनी पुर्जा भएका (बफर जोन)का एक सय ३१ परिवारमध्ये एक सय २५, ऐलानी जग्गा भोगकर्ता (बफर जोन)का ५७ मध्ये ४३, ऐलानी जग्गा भोगकर्ता (जलाशय क्षेत्र)का ३५ घरधुरीको सर्वेक्षण सकिएको जानकारी दिए । उनका अनुसार आयोजनाको मध्यवर्ती क्षेत्रअन्तर्गत भिमाद नगरपालिका-५ स्थित वाङटाङटारका समुदायसँग परामर्श बैठक गरिएको छ ।

छलफलका क्रममा आयोजनाकातर्फबाट बफर जोनबाट प्रभावित हुने जग्गा तथा संरचनाको क्षतिको सूची, विस्तृत जाँच सर्वेक्षण, सामाजिक प्रभाव मूल्याङ्कन र पुनस्र्थापना तथा आदिवासी जनजातिसम्बन्धी योजना अद्यावधिक गर्नका लागि सञ्चालन भइरहेको सर्वेक्षणबारे जानकारी गराइएको थियो ।