३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका करिश्माको सुन्दरताको राज र रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर



अ+ अ-

 काठमाडौं । ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले आफ्नो १४ औं वार्षिक उत्सव मनाएको छ । रश्मिलाज फेसियल हाउसले १४ औ वार्षिक उत्सवका अवसरमा वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गरेको छ ।

काठमाडौंस्थित काठमाडौं मलबाट व्यवसायीक यात्र सुरु गरेको हाउसले हाल सोही मलमा दोश्रो शाखासंगै नयाँ बसपार्कको बिजी मल र माछा पोखरीको बुद्ध मलमा समेत आउटलेट  विस्तार गरेको छ । वार्षिक उत्सव कार्यक्रममा नायिका मानन्धरले आफूहरु चलचित्रमा क्षेत्रमा प्रवेश गर्दा सुविधा सम्पन्न व्युटीपार्लर र गुणस्तर युक्त कस्मेटिकको अभाव रहेको स्मरण गर्दै हाल रश्मिलाज फेसियल हाउस जस्ता व्यूटीपार्लरले गुणस्तरीय सेवा दिएको बताउनु भयो । 

मानन्धरले भन्नुभयो, "पर्दामा देखिनेहरुलाई झन बढी सुन्दरताको महत्व थाहा हुन्छ, रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले मेरो सुन्दतामा निखार आए जस्तो लाग्छ ।" हाल यो क्षेत्र सेवासँगै उद्योगको क्षेत्रमा रुपमा पनि विकास भएको उल्लेख गर्दै नायिका मानन्धरले रोजगारी सृजना गर्न यस्ता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

कार्यक्रममा संञ्चारकर्मी एवं चलचित्रकर्मी दिनेश डिसीले ब्युटीपार्लरहरुमा गुणस्तरीय सेवाको हिसावले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको अनुभव सुनाउनु भयो । आफूले यहाँबाट निरन्तर सेवा लिएको जानकारी गराउँदै उहाँले भन्नुभयो,  "गुणस्तरीय सेवा प्रदान गर्ने हो भने अवसर यहीँ छ ।"

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको जानकारी गराउँदै हालसम्म प्रत्यक्ष रुपमा १०० जनालाई रोजगारी प्रदान गरेको बताउनु भयो । रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले भावी योजना बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नायिका मानन्धरले त्यहाँ कार्यरत कर्मचारीहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यबसायी संघ धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना दिनुभएको थियो ।