१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना



अ+ अ-

काठमाडौं । औषधि, खोप र उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धान गर्नका लागि नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना भएको छ ।

नेपालमा क्लिनिकल ट्रायल सम्बन्धित अनुसन्धानहरु दिनप्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको सुरुवात भएको हो । क्लिनिकल ट्रायल रिजिस्ट्रि भनेको क्लिनिकल ट्रायलको अध्ययन अनुसन्धान दर्ता गर्ने आधिकारिक प्लेटफर्म हो । २०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषदको आचारसंहिता बोर्डबाट २१ वटा क्लिनिकल ट्रायल सम्बन्धि अनुसन्धान प्रस्तावको स्वीकृती भएको थियो । यस्ता खालका ट्रायल नेपाल हुने भएपनि दर्ताका लागि अन्यत्र रहेका ट्रायलको भरमा रहनुपर्ने बाध्यताको अन्त्य भएको छ । जसका डाटाहरुबाट समेत नेपाल र नेपालीहरु लाभ लिन सकेका थिएनन् । नेपाल अनुसन्धान परिषदका आचारसंहिता बोर्डका अध्यक्ष डा प्रकाश घिमिरेले एमडि एमएसको थेसिस गर्नेहरुले विदेशीको ट्रायक क्लिनिकमा गएर काम गर्नुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताउनुभयो । यसले अनुसन्धानकर्ताहरुलाई अनुसन्धान गर्ने वातावरणको सिर्जना गर्ने, आफुले अनुसन्धान गरेका डाटाहरु आफैसँग सुरक्षित रहने उहाँले बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. अन्जनी झाले यसको स्थापना गर्न एक वर्षदेखिको अभ्यास जारी रहेको र त्यसका लागि एउटा समिति समेत बनाइएको बताउनुभयो । यसमा रजिस्ट्र हुनै पर्ने बाध्यतात्मक अवस्था नभएपनि आफनो खोज अनुसन्धानर्लाइ अन्तर्राष्ट्रिय जगतमा पु¥याउनका लागि रजिष्टर हुनु आवश्यक रहेको बताउनुभयो ।

नेपालको रजिष्ट्रि प्लेटफर्ममा डाटा इन्ट्रिका लागि २ जना अनुसन्धान अधिृकतहरु अशोक पाण्डे र अरुण शाहललाई विशेषज्ञ भएर काम गर्ने गरि जिम्मेवारी दिइएको छ । उहाँहरुले भारतबाट यससम्बधि ७ दिने तालिम समेत लिनुभएको छ । सन् २००४ नोभेम्बरमा मेक्सिकोमा भएको एक कार्यशाला गोष्टिमा एकल प्रणालीबाट विश्यव्यपार्टी क्लिनिकल ट्रायल रजिष्ट्रि को अन्तर्राष्ट्रिय सञ्जाल बनाउन माग भएअनुसार अहिले विश्वस्वास्थ्य संगठन अन्तर्गत इसिटिआरपी नेटवर्कमा १८ वटा देशका प्राइमरि रजिष्ट्रिहरु आवद्ध रहेका छन् ।