१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

९ लाख ठगीको अभियोगमा दुई जना पक्राउ

९ लाख ठगीको अभियोगमा दुई जना पक्राउ
अ अ+ अ-

काठमाडाैँ । हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै रु नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर तथा सोही ठाउँकी ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापामगर रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई थुनामा रहँदाका बखत निज हरिबहादुर थापामगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी निजहरूलाई धरौटीमा छुटाइदिन्छु, धरौटीबापतको रकम दिनुपर्छ भनी आश्वासन दिई धरौटीबापतको रकम र वकिललाई बहस खर्च भनी निजको श्रीमती मिठु मगर (अनिता थापामगर)को खातामा रु नौ लाख जम्मा गर्न लगाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।”

निजहरु दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।