१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आर्थिक अनुशासन र मितव्ययितामा जोड दिँदै आगामी बजेटको मार्गदर्शन तयार

आर्थिक अनुशासन र मितव्ययितामा जोड दिँदै आगामी बजेटको मार्गदर्शन तयार
अ अ+ अ-

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट तर्जुमा मार्गदर्शन तयार गरी सबै मन्त्रालयमा पठाएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले मन्त्रालयले सोही तयारीलाई तीव्र बनाएको हो।

अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार मार्गदर्शनमा आगामी बजेटले अवलम्बन गर्ने प्रमुख प्राथमिकताहरू समेटिएका छन्। उनले आगामी वर्षको बजेट विशेषगरी आर्थिक अनुशासन कायम गर्ने र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने दिशामा केन्द्रित हुने बताए।

उनका अनुसार मन्त्रालयहरूले बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल कार्यान्वयनमा जान सक्ने तथा प्रोजेक्ट बैंकमा सूचीकृत योजनाहरूलाई मात्र प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिइएको छ। यसले बजेट कार्यान्वयन प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

पाण्डेयले बजेट तयारीका लागि स्रोत अनुमान समितिले आवश्यक विश्लेषण गरी प्रतिवेदन पेश गरिसकेको जानकारी दिए। सो समितिले राजश्व र वैदेशिक सहयोगको सम्भावित परिमाणका आधारमा स्रोत निर्धारण गर्ने गर्दछ। सोही अनुसार सबै मन्त्रालयलाई बजेट सिलिङ समेत पठाइसकिएको छ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षको बजेट सिलिङ केही कम प्रस्ताव गरिएको छ, जसले खर्च नियन्त्रणको नीति झल्काउँछ। साथै, नयाँ सरकारका प्राथमिकता र राजनीतिक प्रतिबद्धताहरूलाई समेत आगामी बजेटले सम्बोधन गर्ने जनाइएको छ।

यसैबीच, आगामी बजेट लेखनको काम अघि बढिसकेको र निर्धारित समयमै बजेट प्रस्तुत गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।