१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

काठमाडौँमा एम्बुलेन्स सेवा सुधारबारे छलफल, मोटरसाइकल एम्बुलेन्स सञ्चालन गर्ने तयारी

काठमाडौँमा एम्बुलेन्स सेवा सुधारबारे छलफल, मोटरसाइकल एम्बुलेन्स सञ्चालन गर्ने तयारी
अ अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापनलाई थप प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता र वैज्ञानिक व्यवस्थापनका विषयमा छलफल गरिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकमा उक्त विषयमा व्यापक विमर्श भएको हो।

बैठकमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी तथा नेपाल एम्बुलेन्स सेवाका पदाधिकारीबिच सेवा सुधारका विभिन्न आयामबारे छलफल भएको थियो। सो अवसरमा कार्यवाहक प्रमुख डंगोलले एम्बुलेन्स सेवाको वैज्ञानिक व्यवस्थापनका लागि विस्तृत अध्ययन आवश्यक रहेको औँल्याउँदै जटिल अवस्थामा स्वास्थ्यकर्मीलाई छिटो घटनास्थलमा पुर्‍याउन दुई पाङ्ग्रे एम्बुलेन्स (मोटरसाइकल एम्बुलेन्स) सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइन्।

उनले सेवाग्राहीमैत्री प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै आफूले बोलाएको एम्बुलेन्सको अवस्थाबारे जानकारी पाउने, एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मीको विवरण थाहा पाउने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने बताइन्। सवारी चापका कारण ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै मोटरसाइकलमार्फत चिकित्सकलाई तत्काल घटनास्थलमा पुर्‍याउने संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

यो सेवा प्रिहस्पिटल मेडिकल सर्भिसअन्तर्गत सञ्चालन हुँदै आएको छ। महानगरपालिकाले २०७६ वैशाखमा केन्द्रसँग सम्झौता गरेपछि सेवा सुरु भएको हो। त्यसयता महानगरपालिकाले १३ करोड ४४ लाख रुपैयाँ अनुदान प्रदान गरिसकेको छ। हाल एक जना बिरामीका लागि औसत १ हजार ६०५ रुपैयाँ खर्च हुने गरेको छ, जुन महानगरपालिकाले नै व्यहोर्दै आएको छ।

छलफलका क्रममा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. ले उपत्यकाका अन्य स्थानीय तहसँग आर्थिक साझेदारीको सम्भावनामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन्। वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले लागत घटाउँदै सेवा गुणस्तर अभिवृद्धि गर्ने विषयमा अध्ययन आवश्यक रहेको बताइन्।

त्यसैगरी, नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले संवेदनशील र जटिल घटनाको व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गरे। सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीका अनुसार महानगरपालिकासँगको सहकार्यपछि हालसम्म ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको छ। यस अवधिमा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै शिशु जन्म दिएका छन्।

कोभिड–१९ महामारीका समयमा मात्र २३ हजार ५ सय जनालाई सेवा दिइएको थियो। हाल काठमाडौँ महानगरभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा १ वटा, ललितपुरको सातदोबाटोमा १ वटा र भक्तपुरको सल्लाघारीमा १ वटा एम्बुलेन्समार्फत सेवा सञ्चालन हुँदै आएको छ।

सम्पर्क गरेपछि ८ मिनेटभित्र एम्बुलेन्स घटनास्थलमा पुग्ने मापदण्डअनुसार सेवा सञ्चालन गर्न उपत्यकाभर ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने अध्ययनले देखाएको छ। बढ्दो सवारी चापले सिर्जना गर्ने चुनौतीलाई सम्बोधन गर्न रणनीतिक योजना बनाउनेमा पनि छलफल केन्द्रित भएको थियो।