१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई



फाइल फोटो
अ+ अ-

तनहुँ। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

पाँचाँै शुक्लागण्डकी महोत्सवअन्तर्गत मङ्गलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । प्रतियोगितामा बौदीकालीले अर्जुनचौपारीलाई ३–२ सेटले पराजित गरेको हो ।

अर्जुनचौपारी गाउँपालिकाले स्याङ्जाकै पुतलीबजार नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो । नवलपुरको बौदीकाली गाउँपालिका तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा स्याङ्जाको पुतलीबजार नगरपालिका विजयी भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै पुतलीबजार तृतीय भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो हुने समूहलाई क्रमशः रु दुई लाख, एक लाख ५० हजार, ५० हजार र चौथोलाई रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । रासस