१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबाट दुर्व्यवहारमा परेका एक ज्येष्ठ नागरिकलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका छन्।

केही दिनअघि एमाले कार्यकर्ताहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नारा लगाउँदै हिँड्ने क्रममा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त घटनापछि गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहारमा संलग्न राम शरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।

यसैबीच गृहमन्त्री गुरुङले ललितपुरस्थित पीडित ज्येष्ठ नागरिकको निवासमा पुगेर भेट गरेका छन्। आफू पीडित हुँदा गृहमन्त्रीले तुरुन्तै एक्सन लिएर साथ दिएको भन्दै ज्येष्ठ नागरिकले धन्यवाद व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङले उक्त घटनाले आफूलाई निकै दुःखी बनाएको र निदाउनसमेत नसकेको उल्लेख गर्दै तुरुन्तै कारबाही अघि बढाइएको बताएका छन्।