१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

म्याग्दीमा आर्थिक गणनाको तयारी

म्याग्दीमा आर्थिक गणनाको तयारी
अ अ+ अ-

म्याग्दी। आगामी वैशाख २ देखि असार ७ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने आर्थिक गणनाका लागि म्याग्दीमा तयारी थालिएको छ ।

बेनीको हाडेभिरस्थित शिक्षा विकास तथा समन्वय इकाइको भवनमा सम्पर्क कार्यालय स्थापना र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेर आर्थिक गणनाको तयारीलाई तीव्र पारिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय बागलुङले आज आयोजना गरेको अन्तरक्रियामा आर्थिक गणना अधिकारी घनश्याम सापकोटाले चैत महिनाभर गणनाको तयारी पूरा गरिने जानकारी दिनुभयो ।

चैत मसान्तसम्म गणकको नियुक्ति, गणकलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबीच छलफल सकेर गणना सुरु गरिने उहाँले बताउनुभयो । म्याग्दीमा आर्थिक गणनाका लागि १९ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

म्याग्दीमा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन भइसकेको छ । प्रजिअ आचार्यले सङ्कलन हुने सूचनाले देशको नीति र योजना निर्माणमा सहयोग पुग्ने भएकाले आर्थिक गणनालाई सफल पार्न सबै क्षेत्र र तहबाट सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

पालिका तहमा स्थानीय तह समन्वय समिति र वडास्तरमा वडास्तरीय सहजीकरण समिति पनि गठन गर्न थालिएको छ । ‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आवभित्र सम्पन्न हुनेगरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । विसं २०७५ को वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो ।

यस गणनाका दौरानमा म्याग्दीका जिल्लाका १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटललगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने गणना अधिकारी सापकोटाले बताउनुभयो ।  रासस