२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित



अ+ अ-

काठमाडौँ। एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ ।

लाओसको नेसनल रङ्गशालामा आज भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो ‘हाफ’सम्म प्रतिरक्षा गरिरहेको नेपालले दोस्रो ‘हाफ’मा गोल खायो । लाओसका कप्तान बोउनफचान बोन्कोंगले खेलको ४८ औँ मिनेटमा गोल गरेका थिए ।

नेपालले गोल फर्काउन निकै प्रयास गरे पनि अन्ततः हार बेहोर्नुपर्यो । नेपाल एसियन कप छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । समूह ‘एफ’मा नेपालले छ खेलबाट तीन अङ्क मात्र जोडेको थियो । रासस