१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु
अ अ+ अ-

काठमाडौं । कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ । विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ ।

धनगढीबाट सुरु भएको सो अभियानअन्र्तगत टीकापुरका औलो तथा कालाजारका बिरामी भएका घर र छिमेकमा विषादी छिट्ने काम सम्पन्न भइसकेको छ । टीकापुरका नौ घरमा औलोका बिरामी रहेकाले प्राविधिकको सहयोगमा विषादी छम्केको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी दिए ।

“स्वास्थ्य कार्यालय कैलालीले औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काउ अभियान सञ्चालन गरेको हो । यहाँका विभिन्न प्रभावित तथा सम्भावित महामारी क्षेत्रहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ”, उनले भने, “चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो तथा कालाजारका बिरामी देखिएका स्थान वरपर विषादी छिट्न थालिएको हो ।”

उनका अनुसार कैलालीमा १०४ जना औलो तथा कालाजारका बिरामी भेटिएका छन् भने सयौँ घरमा विषादी छिट्ने कार्यक्रम रहेको छ । सरकारले औलो तथा कालाजारलाई सन् २०२८ सम्म र मलेरियालाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य संस्थाले यी रोग निवारणका लागि परीक्षणको दायरा विस्तार गर्ने, रोग पहिचान गर्ने, तथ्याङ्क यकिन गर्ने, बिरामीको उपचार गर्ने, ‘केस–बेस सर्भिलेन्स’ तथा प्रतिकार्यात्मक गतिविधि सञ्चालनलाई प्राथमिकता दिएको छ ।

महिला स्वास्थ्य स्वयम्सेविका सुशीला विकले विपन्न समुदायमा विभिन्न समस्याले मलेरियाको जोखिम रहेकाले विषादी छिट्ने काम बिरामी देखिएका घरमा मात्र नभई गाउँभरि नै छिट्ने व्यवस्था मिलाउन माग गरे ।