६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकीमा हाम फालेर २५ वर्षीय युवक बेपत्ता



अ+ अ-

काठमाडौं । पर्वत जिल्लाको कालीगण्डकी नदी किनारमा सोमबार साँझ एक दुखद घटना भएको छ।

जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक प्रहरी जाँचका क्रममा भाग्ने प्रयास गर्दा नदीमा हाम फालेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित अस्थायी प्रहरी पोष्टमा नियमित सवारी जाँच भइरहेका बेला बागलुङबाट बालुवा बोकेर आइरहेको ट्रकमा सवार विक अचानक भाग्दै कालीगण्डकी नदीमा हाम फालेका थिए।

घटनापछि उनको अवस्था अझै अज्ञात रहेको छ। रातको समयमा खोजी कार्यमा कठिनाइ आएपछि मंगलबार बिहानदेखि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ।

घटनाप्रति परिवारजनले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले प्रहरीले लखेटेका कारण विकले नदीमा हाम फाल्न बाध्य भएको आरोप लगाउँदै विरोध जनाएका छन्। यता उक्त ट्रकका चालक भने फरार रहेका छन्।