३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूत्रथैलीको पत्थरी निकाल्दा नर्भिकले शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने



अ+ अ-

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो ।
 
नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ । 

मूत्रथैलीको पत्थरी निकाल्नका लागि गरिने शल्यक्रियाहरुमा पुस महिनाभरि साबिकको तोकिएको शुल्कमा २० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिवार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत संचालन गरिरहेको छ । त्यस्ता ओपिडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरुको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो । सोही अनुसार बिरामीहरुले घोषित सहुलियत समेत पाइरहेका छन् ।