६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक



अ+ अ-

काठमाडाैँ । सरकारको सिफारिसमा रामचन्द्र पौडेलद्वारा संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले राजनीतिक सहमति र कार्यसूची तय गर्न सर्वदलीय बैठक बोलाएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, सरकारका सदस्य तथा सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ। प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनुभन्दा करिब एक घण्टा अघि उक्त बैठक आयोजना गर्न लागिएको हो।

यसअघि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ। पहिलो बैठकसँगै संसदीय प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

संसद् बैठकको प्रमुख एजेन्डा सभामुख चयन प्रक्रिया सुरु गर्नु रहनेछ। साथै, परम्पराअनुसार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले संसद्को प्रारम्भिक बैठकमा शुभकामना मन्तव्य राख्ने सम्भावना पनि रहेको छ।