१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल

निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष तथा आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी हेमराज ढकालले निजी क्षेत्रका एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धितर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभाको सन्दर्भमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले वर्तमान नेतृत्वको सफलताको स्वामित्व लिँदै आगामी कार्यकालमा थप चुनौती सामना गर्न आफू तयार रहेको बताए। उनले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल ऐतिहासिक रूपमा सफल रहेको उल्लेख गरे।

ढकालका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई त्यसले दिएका सुझाव कार्यान्वयनको चरणमा पुगेका छन्। वर्तमान सरकार निजी क्षेत्रका एजेण्डाप्रति सकारात्मक रहेको उनको भनाइ थियो।

कार्यक्रममा उनले आफूसँगै चुनावी मैदानमा रहेका वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेश दास, जिल्ला नगरतर्फका उम्मेदवार उमेश डालमिया र कल्पना गैह्रे लगायत एसोसिएटतर्फका उम्मेदवारहरूको प्रशंसा गर्दै उनीहरूलाई विजयी गराउन आग्रह गरे। महासंघभित्र गुटबन्दीभन्दा पनि एउटै टिम बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

ढकालले अध्यक्षले सुरुवातमै गरेको प्रतिबद्धताअनुसार अख्तियारको क्षेत्राधिकार निजी क्षेत्रमा प्रवेश रोक्ने, लगानी सम्मेलन आयोजना गर्ने, कानुन संशोधन गर्ने तथा ‘सीआईपी अवार्ड’ पुनः सुरु गर्ने जस्ता महत्वपूर्ण काम सम्पन्न भएको बताए। प्रतिकूल आर्थिक अवस्था र कोभिडपछिको मन्दीका बाबजुद पनि ‘पीएसपीपी’ जस्ता रणनीतिक योजना सरकारबाट पारित गराउनु वर्तमान टिमको ठूलो उपलब्धि भएको उनले उल्लेख गरे।

त्यसैगरी, अर्थमन्त्रीले आन्तरिक राजश्व अनुसन्धान विभाग खारेज गर्ने र पुराना १५ वटा कानुन हटाउने पहलले व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ थियो। अब निजी क्षेत्रका एजेण्डा सरकारको मेनिफेस्टोमै समेटिएकाले कार्यान्वयनमा सहज हुने अपेक्षा गरिएको उनले बताए।

मुलुकको वर्तमान आर्थिक संकुचन र युवाहरूको विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै ढकालले नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। जलस्रोत, पर्यटन, उद्योग र कृषि क्षेत्रमा तीव्र विकासमार्फत रोजगारी सिर्जना गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारे।

ढकालले आगामी नेतृत्वको मुख्य लक्ष्य ‘डबल डिजिट’ आर्थिक वृद्धि हासिल गर्नु हुनुपर्ने बताए। विगत तीन वर्षमा महासंघले दिएको जिम्मेवारीमा निरन्तर सक्रिय रहेको स्मरण गर्दै उनले आफ्नो अनुभव र प्रतिबद्धताका आधारमा उद्योगी व्यवसायीहरूबाट सहयोगको अपेक्षा गरेका छन्।