१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

रुपन्देहीकाे दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

रुपन्देहीकाे दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा
अ अ+ अ-

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनमाथि कडाइ गर्दै यसमा संलग्न टिपर, जेसिबी र एक्साभेटर नियन्त्रणमा लिएको छ ।

कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले शुद्धोधन गाउँपालिका–२ कलुवास्थित दानव नदीबाट अवैध रूपमा माटो उत्खनन तथा ओसारप्रसार भइरहेको अवस्थामा भे१क १३४४५ नम्बरको जेसिबी, लु२ख ४९९५ नम्बरको टिपर र ना१क ८०२६ नम्बरको एक्स्काभेटर नियन्त्रणमा लिएको हो ।

ती सवारीलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिका कार्यालय पठाइएको र सो क्रममा रु तीन लाख २० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी  दिए।

जिल्लामा चोरी, तस्करी नियन्त्रणसँगै प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय ढुङ्गा, गिट्टी, बालुवा तथा माटोको अवैध उत्खनन गर्नेविरुद्ध प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी  दिए।

प्रहरीले अवैध गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने बताएको छ । प्रहरीले यस्ता गतिविधि रोक्न निरन्तर अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।