१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

स्थानीयवासीको विरोध भए पनि निसर्दीघाटमा उत्खनन

स्थानीयवासीको विरोध भए पनि निसर्दीघाटमा उत्खनन
अ अ+ अ-

बेझाड । स्थानीयवासीले विरोध जनाए पनि रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीको निसर्दीघाटमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । घाटको संरचना बिग्रने भन्दै स्थानीयवासीले विरोध गरिरहेको अवस्थामा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको कामका लागि भन्दै स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकालिएको छ ।

वर्षौंदेखि हिन्दू परम्परानुसार कालीगण्डकी स्नान, शवदाह आदि मानिसको जीवन र दैनिकीसँग प्रत्यक्ष जोडिएको घाटमा स्काभेटरका माध्यमबाट नदीजन्य पदार्थ निकाल्दा यहाँको संरचना नै परिवर्तन हुने भएकाले आफूहरू यसको विरोधमा उत्रनु परेको स्थानीयवासी हरिप्रसाद अधिकारीले बताउनुभयो ।

“नदी दोहन हुन थालेपछि दिनानुदिन जोखिम बढ्नाका साथै स्काभेटरको प्रयोगका कारण नदी किनारमा पुग्न पनि डर लाग्न थालेको छ”, उहाँले भन्नुभयो, “शव दाह गर्न जानका साथै नदी स्नान गर्न, गाईबाख्रा चराउन जाँदासमेत कतिबेला दुर्घटना हुने हो भन्ने स्थानीयवासीलाई भय थपिएको छ ।”

घाट नजीकै बस्ती रहेका कारण बालबच्चा खेल्न जाँदा स्काभेटरले नदीजन्य पदार्थ निकालेको खाल्डोमा परेर मानवीय दुुर्घटना निम्तने डर पनि उत्तिकै बढाएको उहाँले बताउनुभयो । नदीको किनार नै गहिराउने गरी नदीजन्य पदार्थ निकाल्दा छेउछाउमा हिँड्ने बटुवाका लागि जोखिम भएको छ ।

करिब एक सय वर्गमिटर क्षेत्रफलमा नदीजन्य पदार्थ निकाल्ने काम भइरहेको यस घाटमा दैनिक एक स्काभेटर र तीनदेखि चार वटासम्म टिपर सञ्चालन भइरहेका छन् । घाटबाट दैनिक ७३ टिपसम्म नदीजन्य पदार्थ निकासी हुने गरेको स्थानीयवासी बताउँछन् ।
सडक विभागले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको कामका लागि नदीजन्य सामग्री उत्खननका लागि प्रारम्भिक वातावरण अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेकाले हेभी उपकरणको प्रयोग गरी नदीजन्य वस्तु निष्कासनका लागि निर्माण व्यवसायीलाई अनुमति दिएको छ ।

रामपुर नगरपालिकास्थित कालीगण्डकीको निसर्दीघाट, बौडीघाट र भलायटार घाटमा हेभी उपकरण प्रयोग गरी नदीजन्य सामग्री उत्खननका लागि विभागबाट नै स्वीकृत भएर आएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । विभागबाट अनुमति पाएपछि यहाँ स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकाल्न शुरु गरिएको कालीगण्डकी करिडोर ४ नं प्याकेजका सबइन्जिनीयर दीपेन्द्र मण्डलले बताउनुभयो । विकासको नाममा नदीको संरचना नै परिवर्तन हुने गरी नदीजन्य पदार्थ निकाल्न नहुने स्थानीयवासीको भनाइ छ ।

ठूला ठूला हेभी उपकरण लगाउँदा पर्यावरणीय संरचना बिग्रने, नदीको धार नै परिवर्तन हुने, नदीमा नुहाउन, शव दाह संस्कार गर्न, गाईबाख्रा चरनका लागि जान जोखिम बढेपछि बस्ती नजीकै नदीजन्य पदार्थ ननिकाल्न स्थानीयवासीले माग गरेका हुन् ।

नेपालकै एकमात्र शालिग्राम पाइने कालीगण्डकी पवित्र धार्मिक तथा पर्यटकीय नदी भएकाले नदी तथा घाटको स्वरूपलाई नै बिगारेर नदीजन्य पदार्थ उत्खनन नगर्न पटकपटक सम्बन्धित वडा कार्यालयमा प्रभावित क्षेत्रका स्थानीयवासीले आग्रह गरिरहेका छन् ।