१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुरमा घरबास निर्माण



अ+ अ-

चितवन । माडीको कान्तिपुरमा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास ९होमस्टे० सहितकोे नमूना बस्ती निर्माण गरिने भएको छ । छयासी घरपरिवारको सय बिघा जमीनलाई चक्लाबन्दी गरेर सामूहिक खेती थालिएको छ । सोही ठाउँमा ५० परिवारका लागि घरबास निर्माण गर्न लागिएको हो ।

सूर्योदय कृषि सहकारी संस्था लिमिटेडले माडी नगरपालिका–८ कान्तिपुरमा गत वर्षबाट सामूहिक खेती शुरु गरेको छ । सो आयोजनाका प्रबन्धक शिवजी गायकका अनुसार ८६ घरपरिवारमध्ये घर आवश्यक भएका ५० परिवारलाई स्वरोजगार हुने गरी घरबास निर्माण गर्न लागिएको हो ।

सामूहिक खेती गरिएको क्षेत्र दलित बाहुल्य क्षेत्र हो । कूल जमीनधनीहरुमध्ये ४९ घरपरिवार दलितको रहेको छ । त्यसमध्ये पनि ३९ परिवार गन्धर्व रहेको गायकले जानकारी दिनुभयो । चौँतीस परिवार बाहुन क्षेत्री रहेका छन् । दलित बस्तीमा निर्माण गर्न लागिएको घरबास नेपालकै नमूना हुने गायकको भनाइ छ । तीन कठ्ठादेखि चार बिघासम्म जमीन भएका स्थानीयवासीलाई समावेश गरेर सामूहिक खेती गरिएको हो ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार सामूहिक खेती गत वर्षको जेठबाट शुरु गरिएको हो । पहिलो बाली ५० बिघामा धान लगाइएको थियो । सो धानको अहिले कुन्यू लगाएर रखिएको छ । सावित्री जातको धान लगाइएको थियो । पौडेलले प्रतिकठ्ठा एक मुरीका दरले जग्गाधनीलाई तत्काल धान दिइने बताउनुभयो । बाँकी पछि फिर्ता गरिनेछ । पच्चीस बिघामा माछापोखरी निर्माण गरिँदै छ भने २५ बिघा चक्लाबन्दी गर्न बाँकी रहेको छ ।

धान थन्काइएको खेतमा जोतेर उपकरणबाट तोरी र मकै रोपिएको छ । पाँच बिघामा हाइब्रिड जातको मकै र पाँच बिघामा तोरी लगाइएको छ । चालीस बिघामा गहुँ लगाउने तयारी थालिएको छ । सामूहिक खेतीभित्र पाँच कठ्ठामा लगाइएको तरकारी बिक्री भइरहेको छ ।

प्रदेश नं ३ सरकारको विशेष सहयोगमा सहकारीले सामूहिक खेती थालेको हो । प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सामूहिक खेतीका लागि धान, मकै र गेडागुडीका लागि थ्रेसर खरिद गरिएको छ भने गहुँ रोप्ने उपकरण सिड ड्रिल पनि सहकारीले भित्र्याएको छ । गत वर्ष सहकारीलाई प्रदेश नं ३ को भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले रु एक करोड पाँच लाख र माडी नगरपालिकाले रु १० लाख उपलब्ध गराएको थियो ।

चालु वर्षमा नमूना बस्ती, माछापोखरी, गोदामघर, औजार राख्ने घर, गन्धर्व सूचना केन्द्रलगायतका लागि प्रदेश सरकारले रु दुई करोड र माडी नगरपालिकाले रु २५ लाख विनियोजन गरेको प्रबन्धक गायकले जानकारी दिनुभयो ।

नेपालकै नमूना सामूहिक खेती र घरबाससहितको नमूना बस्ती बनाउन लागिपरेको गायकको भनाइ छ । माडी क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन बीचको बस्ती हो । यो ठाउँले पर्यटकीय महत्वका दृष्टिले प्रचुर सम्भावना बोकेको छ ।