१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

कान्तिपुरमा घरबास निर्माण

कान्तिपुरमा घरबास निर्माण
अ अ+ अ-

चितवन । माडीको कान्तिपुरमा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास ९होमस्टे० सहितकोे नमूना बस्ती निर्माण गरिने भएको छ । छयासी घरपरिवारको सय बिघा जमीनलाई चक्लाबन्दी गरेर सामूहिक खेती थालिएको छ । सोही ठाउँमा ५० परिवारका लागि घरबास निर्माण गर्न लागिएको हो ।

सूर्योदय कृषि सहकारी संस्था लिमिटेडले माडी नगरपालिका–८ कान्तिपुरमा गत वर्षबाट सामूहिक खेती शुरु गरेको छ । सो आयोजनाका प्रबन्धक शिवजी गायकका अनुसार ८६ घरपरिवारमध्ये घर आवश्यक भएका ५० परिवारलाई स्वरोजगार हुने गरी घरबास निर्माण गर्न लागिएको हो ।

सामूहिक खेती गरिएको क्षेत्र दलित बाहुल्य क्षेत्र हो । कूल जमीनधनीहरुमध्ये ४९ घरपरिवार दलितको रहेको छ । त्यसमध्ये पनि ३९ परिवार गन्धर्व रहेको गायकले जानकारी दिनुभयो । चौँतीस परिवार बाहुन क्षेत्री रहेका छन् । दलित बस्तीमा निर्माण गर्न लागिएको घरबास नेपालकै नमूना हुने गायकको भनाइ छ । तीन कठ्ठादेखि चार बिघासम्म जमीन भएका स्थानीयवासीलाई समावेश गरेर सामूहिक खेती गरिएको हो ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार सामूहिक खेती गत वर्षको जेठबाट शुरु गरिएको हो । पहिलो बाली ५० बिघामा धान लगाइएको थियो । सो धानको अहिले कुन्यू लगाएर रखिएको छ । सावित्री जातको धान लगाइएको थियो । पौडेलले प्रतिकठ्ठा एक मुरीका दरले जग्गाधनीलाई तत्काल धान दिइने बताउनुभयो । बाँकी पछि फिर्ता गरिनेछ । पच्चीस बिघामा माछापोखरी निर्माण गरिँदै छ भने २५ बिघा चक्लाबन्दी गर्न बाँकी रहेको छ ।

धान थन्काइएको खेतमा जोतेर उपकरणबाट तोरी र मकै रोपिएको छ । पाँच बिघामा हाइब्रिड जातको मकै र पाँच बिघामा तोरी लगाइएको छ । चालीस बिघामा गहुँ लगाउने तयारी थालिएको छ । सामूहिक खेतीभित्र पाँच कठ्ठामा लगाइएको तरकारी बिक्री भइरहेको छ ।

प्रदेश नं ३ सरकारको विशेष सहयोगमा सहकारीले सामूहिक खेती थालेको हो । प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सामूहिक खेतीका लागि धान, मकै र गेडागुडीका लागि थ्रेसर खरिद गरिएको छ भने गहुँ रोप्ने उपकरण सिड ड्रिल पनि सहकारीले भित्र्याएको छ । गत वर्ष सहकारीलाई प्रदेश नं ३ को भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले रु एक करोड पाँच लाख र माडी नगरपालिकाले रु १० लाख उपलब्ध गराएको थियो ।

चालु वर्षमा नमूना बस्ती, माछापोखरी, गोदामघर, औजार राख्ने घर, गन्धर्व सूचना केन्द्रलगायतका लागि प्रदेश सरकारले रु दुई करोड र माडी नगरपालिकाले रु २५ लाख विनियोजन गरेको प्रबन्धक गायकले जानकारी दिनुभयो ।

नेपालकै नमूना सामूहिक खेती र घरबाससहितको नमूना बस्ती बनाउन लागिपरेको गायकको भनाइ छ । माडी क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन बीचको बस्ती हो । यो ठाउँले पर्यटकीय महत्वका दृष्टिले प्रचुर सम्भावना बोकेको छ ।