१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

महोत्सवमा बाधक बन्यो बर्षा

महोत्सवमा बाधक बन्यो बर्षा
अ अ+ अ-

कैलाली । वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो महोत्सव गएरातिबाट लगातार वर्षा हुन थालेपछि स्थगन गरिएको हो ।

चौधौँ संस्करणका रुपमा धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको मैदानमा यही मङ्सिर २२ देखि आगामी पुस २ गतेसम्म सञ्चालन भइरहेको महोत्सव यहाँ आएको हावाहुरी र वर्षाका कारण सञ्चालन गर्न समस्या भएको हुँदा आज एक दिनका लागि महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो ।

उहाँले शनिबारदेखि पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने बताउनुभयो । सङ्घले यस क्षेत्रको कृषि, उद्योग, संस्कृति, कलाका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आइरहेको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, अल्लोका सामान, अटोमोबायल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटललगायत गरी ३०० भन्दा बढी व्यापारिक कक्ष राखिएका छन् ।

रु एक करोडभन्दा बढीको लगानीमा आयोजना गरिएको भनिएको महोत्सवको प्रवेश टिकट बिक्रीबाट सङ्कलित रकमको दश प्रतिशत सामाजिक कार्य गर्न नेपाल रेडक्रस सोसाइटी धनगढी शाखालाई निरन्तर रुपमा सहयोग गर्ने गरेको जनाइएको छ । महोत्सव आयोजना समयदेखि नै यस क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरण र सांस्कृतिक संरक्षण तथा प्रवद्र्धनका लागि उल्लेखनीय भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।