१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

अज्ञात रोगले मर्न थाले बङ्गुर

अज्ञात रोगले मर्न थाले बङ्गुर
अ अ+ अ-

सप्तरी । अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा सङ्क्रमण फैलिएर बङ्गुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
तीन दिन बितिसक्दासमेत रोगको पहिचान हुन सकेको छैन । “रोगको पहिचान हुन नसक्दा उपचार नपाएर बङ्गुर मर्ने क्रम जारी छ”, फार्म सञ्चालक कुलानन्दप्रसाद चौधरीले भन्नुभयो, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।” सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा फार्म नै रित्तो हुँदै गएको चौधरीले दुःखेसो गर्नुभयो ।

शरीर काम्ने, तापक्रम बढ्ने, मुखबाट र्याल बग्ने जस्ता लक्षण देखिएको एक घण्टा नबित्दै बङ्गुर मर्ने गरेका सञ्चालक चौधरीले बताउनुभयो । बुधबारसम्म ५० बङ्गुर मरिसके पनि सम्बन्धित पक्ष गम्भीर नभएको उहाँको गुनासो छ । फार्ममा अझै १५ बङ्गुरमा सङ्क्रमण देखिएको छ । अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत फार्ममै आएर जानकारी लिए पनि रोग पहिचान हुन सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख फुलगेन यादवले सङ्क्रमण देखिएका बङ्गुरको रगत सङ्कलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो । परीक्षणको प्रतिवेदन आएलगत्तै ठोस उपचार गरिने जनाउँदै उहाँले तत्कालका लागि सङ्क्रमित क्षेत्रमा पशु स्वास्थ्य प्राविधिक टोली खटाइने बताउनुभयो ।

बङ्गुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फार्म सञ्चालन गरेका अन्य किसानसमेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौँ लगानी गरेर भद्रकुमारी लामा, सुबास राई, सञ्जमान तामाङ लगायतले बङ्गुर फार्म सञ्चालन गरेका छन् । पशु स्वास्थ्य सम्पर्क केन्द्रका प्रमुख सूर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सो बारे माथिल्लो निकायमा जानकारी गराइएको बताउनुभयो ।