१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

स्कुलमा नर्स

स्कुलमा नर्स
अ अ+ अ-

बनेपा । प्रदेश नं ३ सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई अगाडि सारेसँगै महाभारत गाउँपालिका–१ गोकुलेस्थित गोकुले माविमा नर्सद्वारा सेवा शुरु गरिएको छ ।

प्रदेश नं ३ सरकारले एक विद्यालय एक नर्सको अभियान थालनी गरेपछि अहिले नमूनाका रूपमा एक पालिकाभित्रको एउटा माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था गरेर सेवा थालनी गरिएको हो । सोहीअनुरूप महाभारत गाउँपालिकाले गोकुले माविमा एक महिना अगाडिदेखि नर्सको नियुक्ति पाएर काम थालनी गरिसकेको छ । नर्स एञ्जिला श्रेष्ठले गत कात्तिक २० गतेदेखि नियुक्ति पाएर काम शुरु गरेको बताउनुभयो ।

नमूनाका रूपमा सो विद्यालयमा शुरु भएको अभियानमा अहिले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका लागि परामर्श दिइरहेको र दैनिक कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । “स्वास्थ्य बारे सचेत गराउनुका साथै खानपिनमा विशेषगरी ‘जङ्क फुड’ (पत्रु खाना) नखान विद्यार्थीलाई कक्षामा प्रशिक्षण दिने तयारीमा छु”, उहाँले भन्नुभयो ।

त्यससँगै मनोवैज्ञानिकरूपमा ‘काउन्सिलिङ’ गर्नुपर्ने भएकाले त्यस विषयमा पनि विस्तारै प्रक्रिया अगाडि बढाइरहेको श्रेष्ठले बताउनुभयो । उहाँले अहिले दाँत सफा गर्न सल्लाह दिने, कपाल नकोरी विद्यालय आउनेलाई सुझाव दिने र हात धुने तरिकादेखि पूर्ण सरसफाइमा ध्यान दिन लगाउने खालको काममा केन्द्रित भएको बताउनुभयो । साना कक्षाका विद्यार्थीका लागि आफैँले प्रदर्शन गरेर देखाउने र गरिसकेका विद्यार्थीलाई उदाहरणका रूपमा प्रस्तुत गरेर स्वच्छ र पूर्ण सरसफाइमा उत्प्रेरित गराउने काम गर्दै आइरहेको श्रेष्ठको भनाइ छ ।

उहाँले विद्यार्थीको हातखुट्टालगायतका शरीरका विभिन्न ठाउँमा आएका घाउ खटिराको ‘ड्रेसिङ’ गर्ने काम गर्दै आउनुभएको छ । अरु थप उपचारलगायतका सामग्री भने गाउँपालिका स्वास्थ्य शाखाबाट गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक पदम तिमल्सिनाले सामग्री प्राप्त नभइञ्जेलसम्मका लागि विद्यालयमा नै भएको प्राथमिक उपचार बाकसमा भएका सामग्री प्रयोग गरी आवश्यक गर्नुपर्ने काम गरिरहेको बताउनुभयो । स्वास्थ्यसम्बन्धी प्रशिक्षणका कक्षा सञ्चालन गर्ने र अन्य थप कक्षा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विद्यालयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी सामग्री छिट्टै उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो । “प्रदेश सरकारबाट नर्सको व्यवस्था भइसकेको छ, अब हामी पालिकाबाट गर्नुपर्ने औषधि उपकरणको व्यवस्थापनको काममा छिट्टै लाग्नेछौँ,” जिम्बाले भन्नुभयो ।