१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

महासङ्घको स्थापना दिवसमा चितवनमा ५२ जनाले गरे रक्तदान

महासङ्घको स्थापना दिवसमा चितवनमा ५२ जनाले गरे रक्तदान
अ अ+ अ-

काठमाडाैँ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आज यहाँ रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका छन् । महासङ्घले ७१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन र पत्रकारहरूसँगको सम्बन्धसँगै रक्तदानको महत्त्वका बारेमा प्रकाश पारेका थिए । पत्रकार महासङ्घका केन्द्रीय सदस्य नारायण अधिकारीले महासङ्घको स्थापनादेखि हालसम्म प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि महासङ्घले गर्दै आएका कामका बारेमा प्रकाश पारेका थिए।

महासङ्घ जिल्ला अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरेलगायतले महासङ्घको स्थापना दिवसको शुभकामनासँगै रक्तदान गर्दै सबैलाई धन्यवाद दिए।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीलगायत पत्रकारसँग आबद्ध विभिन्न सङ्घ सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सदस्य एवं पत्रकारहरूको सहभागिता रहेको थियो । जिल्लामा दैनिक १०० देखि १५० युनिटसम्म रगतको माग हुने गर्दछ ।

क्षेत्रीय रक्तसञ्चार कार्यालय भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले मागको आधा रगत सङ्कलन नहुँदा अभाव भएको छ । संघसंस्थाले गरेका रक्तदान कार्यक्रमहरूमा समेत रगत सङ्कलन कम हुने गरेको छ । रगतको अभाव भएपछि नेपाल रेडक्रश सोसाईटीले सूचना जारी गरेर रक्तदान गर्न अपिल गरेको थियो । सोपश्चात सङ्घसंस्थाहरूले रक्तदान गरिरहेको भए पनि माग थेग्न सकेको छैन ।

जिल्लामा रहेको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई ठूला मेडीकल कलेज र २० वटा भन्दा वढी नीजि अस्पतालमा आउने बिरामी र दुर्घटनाका घाइतेलाई धेरै रगत आवश्यक पर्ने गर्दछ ।